आममाफीमा अदालतको निर्णय स्वागतयोग्य : गगन थापा

हिमाल प्रेस १६ कार्तिक २०८० २०:५८
8
SHARES
आममाफीमा अदालतको निर्णय स्वागतयोग्य : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णयको स्वागत गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालत फेरि बोलेको बताएका हुन्।

‘यस्तो अवस्था आएको पहिलोपटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटकपटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्,’ उनले लेखेका छन्, ‘आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गएपछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन।’

उनले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गरेर व्याख्या गर्ने र कानुनी छिद्रहरू टाल्नुपर्ने बताएका छन्। ‘यस सम्बन्धमा जे-जसरी आममाफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ। यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ,’ उनले लेखेका छन्, ‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आममाफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ।

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धर हत्यामा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्न आदेश दिएको छ। प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउसमेत गरिसकेको छ।

प्रकाशित: १६ कार्तिक २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =