लेखकलाई पौडेलको जवाफ : संविधान कार्यान्वयन भएन भनेर आँसु चुहाउने होइन

हिमाल प्रेस १६ कार्तिक २०८० १४:०९
8
SHARES
लेखकलाई पौडेलको जवाफ : संविधान कार्यान्वयन भएन भनेर आँसु चुहाउने होइन

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकमाथि व्यंग्य गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले कांग्रेस प्रमुख सचेतक लेखकमाथि व्यंग्य गर्दै नेपालको संविधान कार्यान्वयन भएन भनेर आँसु नचुहाउन आग्रह गरे।

पौडेलअघि संसद्‌मा बोलेका लेखकले विगतको संविधान असफल बनाइएको भन्दै वर्तमान संविधान पनि असफल भए देश गम्भीर अवस्थामा जाने बताएका थिए। एमाले उपाध्यक्ष पौडेलले लेखकलाई जवाफ फर्काउँदै विगतको संविधान कार्यान्वयन भएन भनेर आँसु चुहाउन नहुने बताए।

‘यसअघिको संविधान असफल हुने खालको भएकाले असफल भएको हो। सभामुख महोदय संविधान असफल भयो भनेर आँसु चुहाउने होइन‚ सफल बनाउन सबैले अपनत्व लिने हो’,पौडेलले भने।

उनले नेपालको वर्तमान संविधान कार्यान्वयन गर्न सबै दलले अपनत्व लिनुपर्ने बताए।

प्रकाशित: १६ कार्तिक २०८० १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =