‘गाउँको भैलो टिकटकमा हेर्नु’

हिमाल प्रेस १६ कार्तिक २०८० १२:५८
28
SHARES
‘गाउँको भैलो टिकटकमा हेर्नु’

काठमाडौँ– ‘गाउँको भैलो टिकटकमा हेर्नु’ बोलको तिहार गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायकगायिका शक्ति चन्द, एलिना चौहान र भुवन परियारले स्वर दिएका छन्।

गायक भुवनकै शब्द र संगीतमा बनेको गीत शंकरा डिजिटलमा रेकर्ड गरिएको हो। खेमराज गौतमको संगीत संयोजन रहेको गीतको मास्टरिङ कुमार सानु पुनले गरेका छन्।

तिलक शाहीको निर्देशनमा बनेको गीतको भिडियो हिन्दूहरुकाे दोस्रो महान चाड तिहारमा खेलिने देउसीभैलो शैलीमा तयार पारिएकाे छ। भिडियोमा प्रतिक्षा बस्नेत, सर्मिला केसी, अर्जुन डाँगी र सन्तोष क्षेत्रीको अभिनय छ।

सुलभ आचार्यले छायांकन गरेको भिडियो गायक शक्ति चन्दको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: १६ कार्तिक २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =