‘फिल्मको रचनात्मक सहर’ काठमाडौँ

हिमाल प्रेस १५ कार्तिक २०८० १६:१६
14
SHARES
‘फिल्मको रचनात्मक सहर’ काठमाडौँ

काठमाडौँ– राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ।

विश्व सहर दिवसको अवसरमा काठमाडौँसहित विश्वका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जानकारी दिएको हो। योसँगै फिल्मी विधाबाट काठमाडौँ युनेस्कोको ‘रचनात्मक सहर सञ्जाल’ (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ।

युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत ५५ नयाँ सहर सूचिकृत गरेको हो। जसमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन्।

यसै विषयमा बुधबार काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रको विकास र बिस्तारका लागि ‘काठमाडौँ क्रिएट द काउन्सिल’ (केसीएसी, केएमसी)को स्थापना गर्ने जानकारी गराएको छ।

यसको लागि महानगरले फिल्मसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने महानगरको भनाइ छ।

कार्यक्रममा महानगरले अन्तरर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमटजस्ता कार्यक्रम सञ्चालन गर्ने बताएको छ। फिल्म उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, फिल्म विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्ने महानगरको नीति छ।

महानगरपालिकाले चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गर्ने योजना पनि बनाएको छ।

फिल्म स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू फिल्म विद्यालय, उद्योगका विधागत सीप तथा सिकाइलाई सञ्जालमा आबद्ध गरेर प्रवर्द्धन गर्नुका साथै मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरू आयोजना गरिने पनि महानगरले बताएको छ।

साथै फिल्म र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार तथा स्तरोन्नति गरिने, पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावित चलचित्र निर्माणको वातावरण बनाउने महानगरको लक्ष्य छ।

युनेस्को क्रियटिभ सिटिज नेटवर्क (युसीसीएन) माकार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रूपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: १५ कार्तिक २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =