अधिकृतमा खुल्यो फाराम

हिमाल प्रेस १५ कार्तिक २०८० ७:५३
44
SHARES
अधिकृतमा खुल्यो फाराम

काठमाडौँ- प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विज्ञापन आह्वान गरेको छ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौँ र सहायक पाचौँ तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजश्व अधिकृत, लेखा अधिकृत, तथ्यांक अधिकृत, सव–इन्जिनियर(जनरल, स्यानिटरी, इरिगेशन), सव इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिक्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आलेप सहायकलगायत रहेका छन्।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् भने दरखास्त दिने अन्तिम मिति मंसिर ५ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन सकिनेछ।

हेर्नुहोस् सूचना

प्रकाशित: १५ कार्तिक २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =