एमालेको १९ दिने यात्राको यस्तो छ समयतालिका

हिमाल प्रेस १४ मंसिर २०८० १३:२४
20
SHARES
एमालेको १९ दिने यात्राको यस्तो छ समयतालिका

काठमाडौँ- नेकपा एमालेले आज मध्यपहाडी लोकमार्ग यात्रा सरु गरेको छ।

‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटमा उद्घाटन गरेका छन्। झुलाघाट मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु हो।

मध्य नेपाल भएर बनेको यो लोकमार्ग सुदूरपश्चिममा झुलाघाटदेखि कोशी प्रदेशको पाँचथरस्थित चिवा भञ्ज्याङसम्म छ। चिवा भञ्ज्याङ यो लोकमार्गको जिरो प्वोइन्ट हो।

यो लोकमार्गले छोएका जिल्लाहरूमा एमालेले १९ दिनको यात्रामा विभिन्न कार्यक्रम गर्नेछ । आमसभा, कोणसभा, अन्तर्क्रिया, भेटघाटलगायतका कार्यक्रम हुनेछन्।

प्रकाशित: १४ मंसिर २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 18 =