रौतहटमा अपरिचित युवाको शव फेला

हिमाल प्रेस ९ मंसिर २०८० ११:४१
4
SHARES
रौतहटमा अपरिचित युवाको शव फेला सांकेतिक तस्बिर।

रौतहट- रौतहटको यमुनामाईमा एक युवकको शव फेला परेको छ।

यमुनामाई गाउँपालिका ४ मा रहेको झाझपुल भन्ने ठाउँमा बन्दै गरेको नयाँ पुलको पिलरको रिङभित्र पानीमा डुबेको अवस्थामा युवकको शव फेला परेको हो।

अन्दाजी २०/२२ वर्षको जस्तो देखिने युवक शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।

युवकको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

निलो पाइन्ट र आकाशे रंगको सर्ट लगाएका ती युवकको तस्बिर सार्वजकिन गर्दै प्रहरीले आफन्तलाई सम्पर्कको लागि आग्रह गरेको छ।

युवकको मृत्युको कारण खुलेको छैन।

प्रकाशित: ९ मंसिर २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =