‘काठमाडौँमा राजा आउँछ भनेर सोध्छन् म भन्छु- राउटेका राजाचाँहि कहिलेकाँही आउँछन्’

हिमाल प्रेस ८ मंसिर २०८० १७:३८
24
SHARES
‘काठमाडौँमा राजा आउँछ भनेर सोध्छन् म भन्छु- राउटेका राजाचाँहि कहिलेकाँही आउँछन्’

लुम्बिनी- संस्कृती पर्यटन तथा नागरिक उड्डन मन्त्री सुदन किरातीले नेपालमा अब राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । उनले केही दिनयता राजा फर्काउने भनेर केही तत्वहरू लागि परेको भन्दै इतिहासको चिहानबाट राजा फर्केको इतिहास नभएको बताए ।

शुक्रबार कपिलवस्तुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले लोकतन्त्रको विकल्प अन्य कुनै पनि शासन हुन नसक्ने भन्दै सरकारले आवश्यक परे प्यारासुट जम्प गर्ने बताए ।

‘काठमाडौँमा केही साथीहरूले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौँमा राउटेका राजा चाँहि कहिले काहीँ आउँछन्, तर इतिहासमा अंकित भएका राजा आउँदैनन्,’ मन्त्री किरातीले भने । उनले ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए ।

उनले नेपालमा रेडियो बजाउन लाइसेन्स लिनुपर्ने अवस्थाबाट नागरिकलाई अधिकार सम्पन्न बनाएको यो व्यवस्थाको विकल्प नभएको बताए । उनले देशको भौगौलिक वनावट, जातीय बसोबासका कारणले सबै मिलेर बस्नुपर्ने अवस्था रहेको बताए ।

‘मुक्तिनाथमा बुद्ध र हिन्दूको पूजा गरिन्छ, माइपोखरीमा बुद्ध, हिन्दू र किरातको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दू र किराँतको संगम स्थल छ, संसारमा कहाँ छ, लुम्बिनीलाई मुस्लिमहरूले जोगाएका छन् मन्त्री किरातीले भने –‘कुनै पनि तत्वले समाजलाई फुटाउन सक्दैनन्।’ उनले शान्तिबाटै विकास गर्न सकिने पनि बताए ।

प्रकाशित: ८ मंसिर २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =