माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतियोगी

हिमाल प्रेस ७ मंसिर २०८० २०:५१
22
SHARES
माउन्टेन बाइक रेसमा ११ देशका ५५ प्रतियोगी

पोखरा- पोखरामा बिहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ देशका ५५ जना प्रतियोगीले भाग लिएका छन्।

प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिंगापुरका प्रतियोगी वेलसोन लोलाई नम्बर प्लेट दियर उद्घाटन गरे। उनले प्रतियोगितालाई निरन्तरता दिन महानगरले आवश्यक सहयोग गर्ने बताए। केही दिन अघि आफैँ फिल्डमा आएर बुझ्दा उक्त अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसका लागि निकै उपयुक्त स्थान भएको दाबी गर्दै उनले यसबाट पोखरा-१३ सहित समग्र पोखरा क्षेत्रको साहसिक खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।

केही वर्षअघि फेवाताल पारि रानीवनमा भएकोले प्रतियोगिता वातावरण र प्राविाधिक हिसाबले पोखरा १३ मा उपयुक्त हुने भन्दै सारिएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।

प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२-१८ वर्ष), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ-बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ। इ-बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको रेस डाइरेक्टर शर्माको दाबी छ।

इलिट पुरुषतर्फ विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार तथा तेस्रोलाई २० हजार प्रदान गरिनेछ। महिलातर्फ सोही इभेन्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेस्रोलाई १५ हजार प्रदान गरिने भएको छ।

डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले खेलकुद र पर्यटनलाई टेवा पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताए। सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने उनले बताए।

पहिलो २ दिन अभ्यास खेल हुनेछ भने अन्तिम दिन फाइनल चरण हुनेछ। समुद्री सतहबाट १३६० मिटर उचाइको आर्वाविजय डाँडामा सुरु प्रतियोगिताको लागि ५ रुट बनाइएको छ।

प्रकाशित: ७ मंसिर २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =