अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस : इन्डोनेसियाका प्रतामालाई उपाधि

हिमाल प्रेस ९ मंसिर २०८० १९:४५
2
SHARE
अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस : इन्डोनेसियाका प्रतामालाई उपाधि

पोखरा- अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन्। उनले ५ स्टेज (ट्रयाक) को ११.९२० किमि दूरी ९ः५९ः५२ मिनेटमा पार गरेका हुन्।

विभिन्न ७ विधामध्ये इलिट पुरुषतर्फ पहिलो हुँदै उनले ५० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे। सोही विधामा बेलायतका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगर तेस्रो भए। उनीहरूले क्रमशः ३० र २० हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।

महिलातर्फ नेपालकी लक्ष्मी मगर पहिलो भइन्। उनले निर्धारित १० किमि ५ सय मिटर दौड ९ः५३ः४८ मिनेटमा पूरा गरिन्। नेपालकै मिङ्‌मा याङ्जी शेर्पा दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रा भए। उनीहरूले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे।

१८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा पहिला भए। अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दीपेश थापा तेस्रो भए।

३० देखि ३९ वर्ष समूहतर्फ मास्टर्स ‘क’ विधामा राजन भण्डारी पहिलो, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो भए। साथै ४० देखि ४९ वर्षसम्म मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले पहिलो, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो भए। ५० वर्षमाथिका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र शैशव प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।

नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रसन्न गौतम पहिलो भए भने विश्वास मोदी दोस्रो भए।  माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा १३ आर्वाविजय डाँडामा तीन दिनसम्म विभिन्न इभेन्टमा प्रतियोगिता भएको हो। प्रतियोगितामा नेपालसहित ११ देशका ५६ खेलाडीले भाग लिएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।

प्रकाशित: ९ मंसिर २०८० १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =