प्रसाईको प्रदर्शनमा झडप [तस्बिरहरू]

दिपेश श्रेष्ठ ७ मंसिर २०८० १५:४६
26
SHARES
प्रसाईको प्रदर्शनमा झडप  [तस्बिरहरू]

काठमाडौँ– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ ले काठमाडौँको बल्खुमा बिहीबार आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरी हस्तक्षेपका कारण  आफ्ना १४ जना समर्थक घाइते भएको प्रसाई समूहले जनाएको छ। प्रहरीतर्फ भने २० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल काठमाडौँ मेडिकल कलेज सिनामंगलमा लगिएको छ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न तोकेको स्थलभन्दा बाहिर जान खोजेपछि प्रहरीले प्रसाई पक्षधरलाई रोकेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रसाईको आह्वानमा आन्दोलनमा आएकाहरू सिंहदरबार घेर्न भनी  बल्खुबाट कालीमाटीतर्फ प्रवेश गर्न खोजेका थिए। त्यसपछि निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

 

प्रकाशित: ७ मंसिर २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =