काठमाडौँमा नक्कली नोटसहित दुई महिला पक्राउ

हिमाल प्रेस ५ मंसिर २०८० १९:४६
12
SHARES
काठमाडौँमा नक्कली नोटसहित दुई महिला पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा शङ्खरापुर नगरपालिका-७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन्। सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शङ्खरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका-१२ कपन निलोमाइक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८० १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =