रुक्शाना कपाली संसारका १०० प्रभावशाली महिलाको सूचीमा

हिमाल प्रेस ५ मंसिर २०८० १३:४०
24
SHARES
रुक्शाना कपाली संसारका १०० प्रभावशाली महिलाको सूचीमा तस्बिर : बीबीसी

काठमाडौँ– नेपालकी रुक्शाना कपाली संसारभरका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बेलायती समाचार संस्था बीबीसीले सार्वजनिक गरेको सन् २०२३ का प्रेरक एवम् प्रभावशाली महिलाको सूचीमा कपालीको नाम परेको हो।

बीबीसीले बर्सेनि संसारभरका एक सय प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूूची सार्वजनिक गर्दै आएको छ। प्रभावशाली छनोटको आधार वर्षभरि गरेका कामले मानव समुदायमा परेको सकारात्मक सन्देश, आफ्नो कामका कारण सञ्चारमाध्यममा आएका, प्रेरणादायी अनुभव भएका, कठिन चुनौतीका बीचमा पनि आफ्नो जिम्मेवारी पूरा गरेका र समाज परिवर्तनका लागि विशेष भूमिका खेलेका महिलालाई बनाउने गरिएको छ। बीबीसीले यस वर्षको छनोटको मुख्य आधार जलवायु परिवर्तनलाई बनाएको थियो।

बीबीसीका अनुसार जलवायु परिवर्तनले ल्याएको असर कम गर्नका लागि आफ्नो समुदायमा योगदान दिएका २८ महिला प्रभावशाली महिलाको सूचीमा परेका छन्।

नेवार जातीय समूहकी सदस्य ट्रान्सजेन्डर (पारलैंगिक) मानव अधिकार कार्यकर्ता रुक्शासना कपालीलाई आफू ठूलो हुँदै जाँदा आफ्नो पहिचानका बारेमा जानकारी हासिल भएको थिएन। उनले लैंगिक एवम् यौनिक विविधताबारे ज्ञान आर्जन गर्न स्वाध्ययनको बाटो रोजिन्। किशोर अवस्थामा पुगेपछि उनी समलैंगिक अधिकारका पक्षमा सामाजिक सञ्जालमार्फत प्रस्तुत हुन थालिन्।

उनी भाषाविज्ञान र कानुनकी विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट भाषाविज्ञानमा स्नातकको पहिलो र दोस्रो वर्षको परीक्षा उत्तीर्ण भइसकेकी छन्। ‘भाषाविज्ञानमा म एक्ली विद्यार्थी हुँ,’ उनी भन्छिन्।

सूचीमा मानवअधिकारसम्बन्धी अधिवक्ता अमाल क्लुनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, नारी अधिकारकर्मी ग्लोरिया स्टेइनेम, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामालगायतका नारीहरूको नाम समावेश छ।

खोइ मेरो पढ्ने अधिकार?

प्रकाशित: ५ मंसिर २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =