यस्तो छ आजको मौसम

हिमाल प्रेस ३० कार्तिक २०८० ६:५४
4
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो ।

विभागले आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित: ३० कार्तिक २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =