भूकम्प प्रभावितलाई ५० हजार रुपैयाँ एकमुस्ट दिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

हिमाल प्रेस २७ कार्तिक २०८० १४:४३
2
SHARE
भूकम्प प्रभावितलाई ५० हजार रुपैयाँ एकमुस्ट दिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका परिवारलाई अस्थायी टहरा बनाउन एकमुस्ट रकम दिनुपर्नेमा जोड दिएको छ।  मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास बनाउन दुई किस्ता गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिमाल प्रेससँग भने, ‘सरकारले ५० हजार रुपैयाँ दुई किस्तामा दिने भनेर गलत निर्णय गरेको छ। अस्थायी आवासका लागि ५० हजार रुपैयाँ दुई किस्तामा लिन र दिन दुवै कठिन हुन्छ।’

शर्माले स्थायी आवास बनाउन दुईतीन महिना लाग्ने भएकाले सुरुमा दुई लाख रुपैयाँ दिएर काम गर्दै गर फेरि थपौँला भन्नु ठिक भए अस्थायी आवास रकम एकमुस्ट रूपमा दिनुपर्ने बताए।

उनले भने, ‘अस्थायी टहरा निर्माणका लागि सरकारले एकै किस्तामा रकम उपलब्ध गराउनुपर्छ। हाम्रो आग्रह त्यही छ। २५ हजार रुपैयाँ लिएर आधा बनाउने अनि फेरि पाँच दिनपछि २५ हजार रुपैयाँ लिएर थप बनाउने भन्ने हुँदैन।’

प्रकाशित: २७ कार्तिक २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =