काठमाडौँ- सहकारी दर्तामा सरकारले रोक लगाएको छ। सहकारी संस्थाहरूमा गम्भीर समस्या सिर्जना भएको भन्दै कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो।
बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने’ गरी मन्त्रिपरिषद्ले कात्तिक २३ मा निर्णय गरेको जनाएको छ।
विज्ञप्तिका अनुसार सहकारी क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्मका लागि सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको हो।

प्रकाशित: ७ मंसिर २०८० २०:३४ | Thursday, November 23, 2023
प्रतिक्रिया



