परराष्ट्रमन्त्री साउद र महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

हिमाल प्रेस १२ कार्तिक २०८० १४:११
10
SHARES
परराष्ट्रमन्त्री साउद र महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आइतबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्दै। तस्बिर : रासस

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सिंहदरबार भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। त्यसपछि मन्त्री साउदसहितको सरकारी टोली र महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको हो।

गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्।

प्रकाशित: १२ कार्तिक २०८० १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =