दुर्घटनामा प्रहरी जवानको ज्यान गयो

हिमाल प्रेस १२ कार्तिक २०८० ८:४३
6
SHARES
दुर्घटनामा प्रहरी जवानको ज्यान गयो

बारा- मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार बिहान ७ः३० बजे निजगढ नगरपालिकाबाट वडा नं ८ बाट तितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा ड्युटीको सिलसिलामा मोटरसाइकल दुर्घटनामा सुनारको मृत्यु भएको हो।

उनले चलाएको ज१२प ७१५४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए। प्रहरी जवान सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्युरो अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित: १२ कार्तिक २०८० ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =