कलाकार घिमिरे भीरबाट लडेर गम्भीर घाइते

हिमाल प्रेस १० कार्तिक २०८० ११:४२
44
SHARES
कलाकार घिमिरे भीरबाट लडेर गम्भीर घाइते

पोखरा– कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन्। उनको उपचार मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।

शुक्रबार बिहान पोखरा ३ नदीपुरको भीरमा घाँस काट्ने क्रममा उनी लडेर घाइते भएका हुन्। अचेत अवस्थामा रहेका घिमिरेको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले कलाकार घिमिरे नदीपुरको भीरमा घाँस काट्ने क्रममा लडेर घाइते भएको भन्ने खबर आए पनि थप विवरण आउन बाँकी रहेको बताए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार घिमिरेको शीघ्र स्वास्थ्यको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। घिमिरे अभिनीत फिल्म ‘पशुपतिप्रसाद–२ भष्मे डन’ अहिले हलमा चलिरहेको छ।

प्रकाशित: १० कार्तिक २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =