हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री

हिमाल प्रेस १ कार्तिक २०८० १३:२४
2
SHARE
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री मुस्ताङको जोमसोममा बुधबार राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्रले आयोजना गरेको जलवायु संवाद कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

जोमसोम– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन्।

मुस्ताङ जिल्लाको जोमसोममा बुधबार राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको जानकारी दिए।

प्रचण्डले भने, ‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरेँ। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छ।’

हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकसमेत सुरक्षित नरहने प्रधानमन्त्रीको भनाइ छ। उनले जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा रहेको बताएर ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछौँ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

मुस्ताङ जिल्लाको जलवायु संरक्षण सरकारको प्राथमिकतामा रहेको बताए। यस्तै उनले जलवायु संरक्षणबापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन्।

प्रकाशित: १ कार्तिक २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =