काठमाडौँको मेन्टेनलाई फुटसलमा उपाधिसहित ५ लाख

हिमाल प्रेस ३० असोज २०८० २०:४४
6
SHARES
काठमाडौँको मेन्टेनलाई फुटसलमा उपाधिसहित ५ लाख

पोखरा– दोस्रो खुला फुटसल प्रतियोगिताको उपाधि काठमाडौँको मेन्टेन एफसीले जितेको छ। राजन एन्ड द ब्रदर्सको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार फाइनलमा काठमाडौँको ढुकु फुटसल हबलाई ३-० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो। जितमा रफी महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले १/१ गोल गरे।

मेन्टेन एफसीले उपाधिसँगै ५ लाख, सिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता ढुकु फुटसल हaले ३ लाख, सिल्ड, मेडलसहित प्रमाणपत्र हात पारेको छ। प्रतियोगितामा ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित हुँदै ५० हजारसहित ट्रफी प्राप्त गरे। यो नेपालमै ठूलो धनराशिको फुटसल प्रतियोगिता हो।

उत्कृष्ट गोलरक्षक मेन्टेन एफसीका आशीष डंगोल, सर्वाधिक गोलकर्ता एडी युनाटेड भण्डारढिकका रोशन मगर र उदीयमान खेलाडीका रूपमा दीप युनाटेडका निकेश गुरुङ घोषित भई २५ हजार र ट्रफिसहित पुरस्कृत भए। अनुशासित टिमको सिल्ड बी-१३ ले प्राप्त गरेको छ।

विजयीलाई प्रतिनिधिसभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, सहयोगी तथा आयोजक संस्थाका संस्थापक राजन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा पृथ्वीसुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे। उनले निजी क्षेत्रको लगानीबाटमात्र खेलकुदको विकास पर्याप्त हुन नसक्ने बताउँदै सम्बन्धित संस्था र तीनवटै सरकारले चासो दिनुपर्ने औँल्याए। चार दिनसम्म चलेको प्रतियोगितामा देशभरबाट १४ टिमले भाग लिएका थिए।

प्रकाशित: ३० असोज २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =