पक्की भवन, बालबालिका खुसी, पठनपाठनमा सहज

हिमाल प्रेस २७ असोज २०८० १५:४५
246
SHARES
पक्की भवन, बालबालिका खुसी, पठनपाठनमा सहज प्रतिनिधिमूलक विद्यालय

भोजपुर– भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ। पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो। बालबालिका पनि खुसी भएका छन्।

नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो। १२ कोठा रहेको भवन भ्याटबाहेक तीन करोड २४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको छ। भवन निर्माणका लागि पाँच करोड रुपैयाँको बोलपत्र आह्वान भएको थियो।

प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहजता भएको बताए। ‘भूकम्पले जीर्ण बनाएको भवनमा पठनपाठन गराउन समस्या थियो’, उनले भने, ‘अहिले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन बनेको अवस्था छ, यसले हामीलाई पठनपाठन गराउन सहजता थपिएको छ।’

भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ। ‘विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो’, उनले भने, ‘यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्ध रूपमा थप काम गर्छौँ।’ रासस

प्रकाशित: २७ असोज २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =