चार जिल्लाका सीडीओको सरुवा

हिमाल प्रेस २५ असोज २०८० १६:२१
204
SHARES
चार जिल्लाका सीडीओको सरुवा

काठमाडौँ- गृहमन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हेरफेर गरेको छ। दोलखा, इलाम, सर्लाहीमा नयाँ प्रजिअ गएका छन् भने बाँकेका प्रजिअ गृहमन्त्रालय तानिएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्य नेपालगन्जमा भएको धार्मिक विवादलाई समयमै नियन्त्रण लिन नसकेको भन्दै विवादमा तानिएका थिए। अहिले गृहमन्त्रालयले उनलाई गृहमन्त्रालयमा ल्याएको छ। उनको ठाउँमा इलामका प्रजिअ रहेका श्रवणकुमार पोखरेललाई पठाइएको छ।

त्यस्तै, दोलखाका सीडीओ कोमलप्रसाद धमाललाई जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा गरिएको छ। सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरुवा भएको छ भने गृह मन्त्रालयमा रहेका टुवराज पोखरेललाई दोलखा पठाइएको छ।

प्रकाशित: २५ असोज २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =