काठमाडौँ- एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई ३ सय ५४ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभर एक बलमा अलआउट हुँदै ३ सय ५३ रन बनायो।
नेपालका लागि कप्तान देव खनालले शतक प्रहार गरे। उनले ६० बलमा शतक हाने।
यस्तै, दीपकप्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाए। यस्तै दिपेश कँडेलले २९ र दीपेश धामीले २३ रन बनाए। इरानका सलमान नइजमद र दद्राहम रइसीले ३-३ विकेट लिए।
प्रकाशित: २५ असोज २०८० १०:४४
प्रतिक्रिया