इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन ढिलाइ हुने

हिमाल प्रेस २४ असोज २०८० २०:०८
38
SHARES
इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन ढिलाइ हुने

काठमाडौँ- इजरायलयमा निधन भएका १० नेपालीहरूको शव ल्याउन ढिलाइ हुने भएको छ। शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने भएको हो।

शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज (बुधबार) राति इजरायलतर्फ जाने विमानमा पनि शव ल्याउने सम्भावना छैन।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रूपमा राखिएका छन्। शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका छौँ। इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी छ।’

इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सम्बन्धमा परराष्ट्रमन्त्री साउदले मंगलबार इजरायलका समकक्षी एली कोहेनसँग सम्पर्क गरी घटनाका सम्बन्धमा दुःख प्रकट गरेका थिए। साथै उनले यस कठिन घडीमा इजरायल सरकार र इजरायली नागरिकप्रति नेपाल सरकार र नेपालीको साथ रहेको जानकारी गरौका थिए।

घटनापश्चात् प्राथमिकताका साथ इजरायल–गाजाको सीमावर्ती क्षेत्रको कृषि फार्ममा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ गरी ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ। यसै गरी इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ विद्यार्थीलाई पनि सुरक्षित स्थानमा सारिसकिएको मन्त्रालयले जनाएको छ।

इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज (बुधबार) राति ११ बजे त्यसतर्फ जाने भएको छ।

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानेछन्। शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए।

प्रकाशित: २४ असोज २०८० २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =