सुदूरपश्चिम एमाले अधिवेशन : केन्द्रको दबाबपछि नेताहरू सहमति नजिक, उपाध्यक्षमा शाही सर्वसम्मत

हिमाल प्रेस २४ असोज २०८० १८:४७
16
SHARES
सुदूरपश्चिम एमाले अधिवेशन : केन्द्रको दबाबपछि नेताहरू सहमति नजिक, उपाध्यक्षमा शाही सर्वसम्मत

धनगढी- धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ। निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाबपछि नेताहरू सहमति नजिक पुगेका हुन्।

उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारीसिंह साउँद, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि कालीबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंह र कमलप्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन कमिटीको कार्यालयले सिंह र तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो।

नेताहरूका बीचमा अछामका कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भए पनि अछामकै भरत साउदको उम्मेदवारी कायमै छ। साउदसँग अहिले संवाद भइरहेको छ।

सचिव पदका उम्मेदवार जीवन बम र उपसचिव पदका उम्मेदवार पल्लभराज भट्टले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्। अध्यक्षमा जैसी, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी नेताहरू छलफलमा छन्।

प्रकाशित: २४ असोज २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =