हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएका छौँ : अमेरिका

हिमाल प्रेस २३ असोज २०८० २१:३०
10
SHARES
हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएका छौँ : अमेरिका

वासिङ्टन (रासस/एएफपी)- अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसले बताएको छ।

हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरूको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन्।

बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरे पनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन्। सम्भावित बन्धक संकट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्‍याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन्।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मंगलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले स्थानीय समय अनुसार अपराह्न १ बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २३ असोज २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =