दक्षिणी सहरहरू पुनः नियन्त्रण गरेको इजरायली सेनाको दाबी

हिमाल प्रेस २२ असोज २०८० २०:१२
8
SHARES
दक्षिणी सहरहरू पुनः नियन्त्रण गरेको इजरायली सेनाको दाबी द्वन्द्वग्रस्त आफ्नो भूमि नियन्त्रणमा लिने क्रममा इजरायली सेना। तस्बिर : एपी/रासस

जेरुसेलम- इजरायली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजरायली सहरलाई नियन्त्रणमा लिएको बताएको छ। दक्षिणी इजरायलबाट हमास आतंककारीहरूलाई लखेट्न भएको संघर्षको तेस्रो दिनमा इजरायली सेनाले त्यस्तो दाबी गरेको हो।

‘गाजापट्टी छेउछाउमा रहेका समुदायहरू माथिको नियन्त्रण पुनः प्राप्त भएको छ,’ इजरायली प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले पत्रकारहरूसँग भनेका छन्। यद्यपि उनले त्यहाँ अझै पनि आतंककारीहरू हुनसक्ने बताए।

हगारीले इजरायल र गाजाबीचको पर्खाललाई ट्यांक र विमानहरूले सुरक्षित बनाउने बताए। इजरायली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए।

हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजरायलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो।

शनिबार बिहान गाजापट्टीबाट हमासका लडाकुहरूले मध्य र दक्षिणी इजरायलमा तीन हजारभन्दा बढी रकेट आक्रमण गरेका थिए। इजरायलले गाजामा जवाफी हवाई आक्रमण गर्‍यो।

हमासको रकेट आक्रमणमा परी इजरायली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएको र दुई हजार तीन सयभन्दा बढी घाइते भएको बताएको छ। आक्रमणका क्रममा लडाकु समूहले गाजामा १ सय ३० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ।

इजरायलले गरेको जवाफी हमलामा ७८ नाबालिगसहित कम्तीमा चार सय ९३ प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २२ असोज २०८० २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =