इजरायलबाट स्वदेश फर्कन यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेसन

हिमाल प्रेस २२ असोज २०८० १९:४४
54
SHARES
इजरायलबाट स्वदेश फर्कन यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेसन

काठमाडौँ- इजरायलस्थित नेपाली दूतावासले उद्धार र स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसनका लागि सूचना जारी गरेको छ। यसका लागि दूतावासको वेबसाइटमा राखिएको लिंकमा गएर रजिस्ट्रेसन गर्न सकिने दूतावासले जनाएको छ।

‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामारत्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ सूचनामा भनिएको छ, ‘यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरूले दूतावासको वेबसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्नुहुन आह्वान गर्दछौं।’

साथै थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न पनि सूचनामा भनिएको छ।

फाराम भर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

https://docs.google.com/forms/d/e/1FAIpQLSeMRewPD1WdA5L1FgpE58gmUEAAs6jEKXP8Q4b1JDa-TM5W6A/viewform

हमास आक्रमणले हल्लाएको इजरायली गुप्तचर संयन्त्र

यी हुन् इजरायलको बंकरबाट उद्धार गरिएका ३२ जना नेपाली

प्रकाशित: २२ असोज २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =