कंगना अभिनीत ‘तेजस’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २२ असोज २०८० १४:०२
12
SHARES
कंगना अभिनीत ‘तेजस’को ट्रेलर सार्वजनिक

काठमाडौँ- बलिउड फिल्म ‘तेजस’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा एक भारतीय जासूसलाई पाकिस्तानले पक्राउ गरेको देखाइएको छ। फिल्मकी मुख्य कलाकार कंगना रनावतलाई पाइलटको भूमिकामा देख्न सकिन्छ।

ट्रेलर अक्टोबर ८ मा ‘इन्डियन एयरफोर्स डे’को अवसरमा सार्वजनिक गरिएको हो। जसमा अभिनेत्री कंगना मुख्य भूमिकामा देखिएकी छन्। उनले वायु सेनाकी साहसी पाइलट तेजस गिलको भूमिका निर्वाह गरेकी छन्। तेजसको भूमिकाका लागि कंगनाले भारतीय वायु सेनामा प्रयोग गरिने युद्ध शिल्पको चार महिनाको तालिम लिएकी थिइन्।

कंगनासहित फिल्ममा अंसुल चौहान, वरुण मित्रा, आशिष विद्यार्थी, विशाक नायरलगायत कलाकारको अभिनय छ। फिल्म २७ अक्टोबरमा प्रदर्शन हुनेछ।

सर्भेश मेवाराको लेखन तथा निर्देशनमा बनेको ‘तेजस’लाई भारतको पहिलो एयर एक्सन फिल्म भनिएको छ।

 

प्रकाशित: २२ असोज २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =