इजरायलको पछिल्लो अवस्थाबारे आवश्यक निर्णय लिन बैठक जारी

हिमाल प्रेस २२ असोज २०८० ११:१०
2
SHARE
इजरायलको पछिल्लो अवस्थाबारे आवश्यक निर्णय लिन बैठक जारी

काठमाडौँ- इजरायलमा जारी पछिल्लो द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक अहिले मन्त्रालयमा बसिरहेको छ।

नेपाल सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्नेछ।

प्रकाशित: २२ असोज २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =