विश्वकप क्रिकेटमा आयोजक भारतको विजयी सुरुवात

हिमाल प्रेस २२ असोज २०८० ७:३६
16
SHARES
विश्वकप क्रिकेटमा आयोजक भारतको विजयी सुरुवात

काठमाडौँ- आईसिसी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनाएको थियो।

भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए। उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए।

भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो। कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए। बलिङतर्फ अष्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ७१ बलमा पाँच चौका प्रहार गरे।

यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुईरदुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एकरएक विकेट लिए।

प्रकाशित: २२ असोज २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =