सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको निर्देशन

हिमाल प्रेस २१ असोज २०८० २१:३५
4
SHARES
सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन गर्न ओलीको निर्देशन

सुदूरपश्चिम- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताएका छन्। नेकपा एमालेको आज (आइतबार) धनगढीमा सुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन दिए।

नेतृत्वले गर्ने मूल्यांकन नमानेर आफ्नो आफैं मूल्यांकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भने, ‘कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु।’

पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे।

प्रकाशित: २१ असोज २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =