मुलुकमा आउने महामारी सामना गर्न पूर्वतयारीमा रहनुपर्छ : स्वास्थ्य विज्ञ

हिमाल प्रेस २१ असोज २०८० १४:०१
4
SHARES
मुलुकमा आउने महामारी सामना गर्न पूर्वतयारीमा रहनुपर्छ : स्वास्थ्य विज्ञ

काठमाडौँ- अतिकम विकसित मुलुकमा आउने स्वास्थ्य महामारीको सामना गर्न पूर्वतयारी रहन अति आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

सबै मुलुकको साझा प्रयासबाट मात्रै महामारीको समाना गर्न सकिने स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले निचोड निकालेका छन्।

स्वास्थ्य महामारीबारे अन्तरार्ष्ट्रिय कानुन र अतिकम विकसित मुलुकको सरोकार सम्बन्धमा काठमाडौँमा भएको राष्ट्रिय परामर्श कार्यक्रममा महामारीबाट उत्पन्न हुने स्वास्थ्य सेवाका चुनौतीहरूलाई सबै मिलेर समाधान गर्न सकिनेमा विज्ञहरुले जोड दिएका हुन्।

स्वास्थ्य महामारी जुनसुकै समयमा पनि आउन सक्ने र यसका लागि पूर्व तयारी गर्नुको विकल्प नभएको स्वास्थ्यविज्ञ प्राध्यापक डा अर्जुन कार्कीले बताए। भविष्यमा आई पर्ने र आउन सक्ने महामारीसँग लड्न स्वास्थ्य क्षेत्रलाई सक्षम बनाउने संकल्पसमेत आवश्यक रहेकोमा उनले जोड दिए।

नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर हाम्दीले महामारीमा सबैभन्दा बढी महिला, अल्पसंख्यक–सीमान्तकृत समूहहरू प्रभावित भइरहेको बताइ्न्।

यस्तो अवस्थामा ठोस योजनाद्वारा सम्बोधन गर्नु पर्नेमा उनले जोड दिइन्। ‘सबै मुलुकमा जलवायू परिवर्तनको प्रभाव बढिरहेको छ।’ उनले भनिन्, ‘यसुको असर सीमान्तकृत समूहहरूमाथि जोखिम बढ्दै गएको छ। यस्तो अवस्थामा हामी सबै महामारी तर्फ सचेत हुँदै सबैमा एकता आवश्यक छ।’

महामारी रोग विज्ञ तथा शुक्रराज ट्रपिकल, सरुवारोग अस्पतालका चिकित्सा अनुसन्धान इकाई प्रमुख शेरबहादुर पुनले संघीयता लागु भएपछि पनि महामारीको सामना गर्नुपरिरहेको बताउँदै स्वास्थ्य क्षेत्रमा संघीय सरकारहरुबीच समन्वय फितलो भएकोले महामारीले धेरै असर पुर्‍याएको जिकिर गरे।

पुनले महामारीबाट बच्न आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू भ्याक्सिन, जीवन रक्षक औषधि, स्वास्थ्य उपकरण, सूचना, विशेषज्ञता र स्वास्थ्य सेवामा सबैको पहुँचको सुनिश्चितता हुनु पर्नेमा उनले जोड दिए।

ग्रामीण पुनः निर्माण संस्था आरआरएनका अध्यक्ष डाअर्जुन कार्कीले अब आउने महामारीको लागि पूर्वतयारी रहनुपर्नेमा जोड दिए। कोभिड महामारीबाट हामी सबैले पाठ सिक्दै अतिकम विकसित मुलुकहरुले यस्ता स्वास्थ्य महामारीबाट बच्नकोलागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए।

कार्यक्रममा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।संगीता कौशल मिश्रा, वरिष्ठ मानवअधिकाकर्मी गौरी प्रधान, रेणु अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा।डा।केदार बराल, विश्व स्वास्थ्य संगठनका विनोदकुमार बुरालगायतले महामारी रोकथामका लागि पूर्वतयारी आवश्यक रहेको भन्दै महत्वपुर्ण स्वास्थ्य क्षेत्र अधिकारमुखी, सामाजिक न्याय, लैंगिक र पर्यायवरणीय दृष्टिकोणमैत्री हुनु पर्नेमा जोड दिएका थिए।

भविश्यमा आउन सक्ने महामारीकालागि अहिलेदेखि नै सचेत हुनु पर्ने र महामारी जुनसुकै समयममा आउन सक्ने र यसका लागि पूर्व तयारी गर्नुको विकल्प नभएको उनीहरुको भनाइ थियो।

प्रकाशित: २१ असोज २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =