ट्रेन्डिङमा ‘परदेशी २’ को ट्रेलर

हिमाल प्रेस २१ असोज २०८० १२:१०
14
SHARES
ट्रेन्डिङमा ‘परदेशी २’ को ट्रेलर

लुम्बिनी- फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ। तीन मिनेट १८ सेकेन्डको ट्रेलर युट्युबको ट्रेन्डिङ १८ औं स्थानमा छ।

ट्रेलरमा फिल्मका मुख्य पात्र संस्कार (प्रकाश सपूत) परदेश गएका छन्। छोरा फर्किर्ने आशामा घरमा बा, आमा र उसकी प्रेमिकाको बाटो हेर्दै बसिरहेका छन्। प्रशान्त तामाङ लाहुरेको भूमिकामा छन्। प्रशान्तको विवाह केकी अधिकारीसँग भएको देखाइएको छ।

परदेशीएका नेपालीहरुको मर्ममा आधारित फिल्ममा प्रकाश सपूत, वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

फिल्म घटस्थापनाको दुई दिन अघि असोज २६ गतेदेखि प्रदर्शन हुनेछ। फिल्म नारायण रायमाझीले निर्देशन गरेका छन्।

निर्देशक रायमाझीले ‘गोर्खापल्टन’ र ‘परदेशी’ कै शैलीमा ‘परदेशी २’ बनाएका छन्।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्मका निर्माता निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल) हुन्।

 

प्रकाशित: २१ असोज २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =