इजरायलमा रहेका नेपालीलाई सतर्क रहन सरकारको अनुरोध

हिमाल प्रेस २० असोज २०८० २२:०९
4
SHARES
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन सरकारको अनुरोध

काठमाडौँ–  इजरायलमा भएको आतंकवादी हमलामा घाइते भएका नौ नेपालीमध्ये दुई जना गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।आतंकवादी आक्रमणमा परेका नौ नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको हो। मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै यससम्बन्धी थप विवरण अद्यावधिक गरिने उल्लेख गरेको छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसः पालन गर्न सरकारले अनुरोध गरेको छ।

साथै सरकारले इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि उपलब्ध गराएको छ। आवश्यक परेमा तेलअभिबस्थित नेपाली दूतावासको टेलिफोन+९७२(०)३५१६८०८५, राजदूत कान्ता रिजालको ९७२५४५८६४४२३ र प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३ नम्बरमा सम्पर्कका लागि अनुरोध गरिएको छ।

इजरायली र प्यालेस्टिनी लडाकु समूह हमासबीच शनिबार बिहानदेखि लडाइँ जारी छ। हमासले इजरायलमाथि रकेटहरू प्रहार गरेपछि लडाइँ सुरु भएको हो। बीबीसीका अनुसार हालसम्म ७० जना इजरायली र १९८ जना प्यालेस्टिनीहरू मारिएका छन्।

प्रकाशित: २० असोज २०८० २२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =