शुक्रबारसम्म सरकार गठन गर्न कोशी प्रदेश प्रमुखको आह्वान

हिमाल प्रेस २० असोज २०८० २०:१४
10
SHARES
शुक्रबारसम्म सरकार गठन गर्न कोशी प्रदेश प्रमुखको आह्वान

इटहरी- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आगामी शुक्रबारसम्म सरकार गठन गर्न आह्वान गरेका छन्। शनिबार साँझ सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न आह्वान गरिएको हो।

यही २६ गते शुक्रबारसम्म विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सकिने सूचनामा उल्लेख छ। शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले असोज २६ गते शुक्रबार ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रकाशित: २० असोज २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =