एक दिवसीय विश्वकपमा साउथ अफ्रिकाले बनायो उच्च स्कोरको कीर्तिमान

हिमाल प्रेस २० असोज २०८० १८:३६
30
SHARES
एक दिवसीय विश्वकपमा साउथ अफ्रिकाले बनायो उच्च स्कोरको कीर्तिमान

काठमाडौँ- भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ मा साउथ अफ्रिकाले विश्वकपमा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाएको छ।

दिल्लीमा भइरहेको श्रीलंकासँगको खेलमा साउथ अफ्रिकाले यसअघि अस्ट्रेलियाले बनाएको ४१७ रन र भारतले बनाएको ४१३ रनको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले ५ विकेटको क्षतिमा ४२८ रन बनाएको हो। साउथ अफ्रिाकाका लागि ३ जना ब्याटरले शतकीय इनिङ्स खेले। ओपनर क्विन्टन डि ककले ८४ बलमा १०० रन, रस्सी भानडेर डुसेनले ११० बलमा १०८ तथा एडेन मार्क्रमले ५४ बलमा १०६ रन बनाए।

श्रीलंकाले जितका लागि ४२९ रनको लक्ष्य पाएको छ। साउथ अफ्रिाकाले अन्तिम १० ओभरमा १३७ रन बनाएको हो। यसअघि अस्ट्रलियाले सन् २०१५ को विश्वकपमा अफगानिस्तानसँग ४१७ रन र भारतले सन् २००७ मा बर्मुडासँग ४१३ रन बनाएको थियो।

प्रकाशित: २० असोज २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast