निजामती सेवा विधेयकबारे रास्वपाले बनायो अध्ययन कार्यदल

हिमाल प्रेस २० असोज २०८० ७:४१
2
SHARE
निजामती सेवा विधेयकबारे रास्वपाले बनायो अध्ययन कार्यदल रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अध्ययन कार्यदल गठन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

कार्यदलमा पूर्वसचिव शारदा प्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्वप्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल रहेका छन् ।

यस्तै ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका अर्को कार्यदल पनि गठन गरिएको छ ।

जसमा उर्जा तथा भूमिगत संरचना विज्ञ श्रीराम न्यौपाने, ऊर्जा विज्ञ देबेन्द्र कार्की र डा सरोज अधिकारी रहेका छन् ।

बैठकले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: २० असोज २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =