जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्छ : प्रधानमन्त्री

हिमाल प्रेस २० असोज २०८० ७:०२
2
SHARE
जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य गर्दै समानता, समृद्वि र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणमा सहयोग पुर्‍याउने बताएका छन्।

उनले सामाजिक सम्बन्धको सन्तुलन, आपसी सहकार्य, सद्भाव र सहिष्णुता कायम गर्न जितिया पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

‘बहुजातीय, बहुसांस्कृतिक नेपाली समाजको पहिचानलाई आत्मसात् गरी सामाजिक–सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्नु अपरिहार्य आवश्यकता भएको छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ।

यसै अवसरमा दिएको सन्देशमा उपराष्ट्रपति रामसहायप्रसादयादवले जितियाजस्ता पर्वले नेपालीबीचको एकतालाई बढावा दिने बताएका छन्।

प्रकाशित: २० असोज २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =