मन्त्रालय फुटाएर सुरिता साहलाई जिम्मेवारी

हिमाल प्रेस १९ असोज २०८० २०:४७
28
SHARES
मन्त्रालय फुटाएर सुरिता साहलाई जिम्मेवारी

जनकपुरधाम- मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन अवस्थामा रहेकी सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसअनुसार मन्त्रिपरिषद पुनर्गठन गरेका हुन्।

जनमतका मधेश यादवले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्रयाएर सुरिता साहलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।

अब महेश यादवले शिक्षा तथा संस्कृति मन्त्रालय पाउने भएका छन्। सुरिताले टुक्र्याएर बनाइएको खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।

प्रकाशित: १९ असोज २०८० २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =