विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

हिमाल प्रेस १९ असोज २०८० १८:५६
20
SHARES
विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ- प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ। उक्त छलफलमा ६० भन्दा बढी सांसद्ले भाग लिएका थिए।

सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन्।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: १९ असोज २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =