घर छाडेर त्रिपालको बास

हिमाल प्रेस १९ असोज २०८० ९:४२
6
SHARES
घर छाडेर त्रिपालको बास

बाजुरा- बाजुराका अधिकांश स्थानीयवासी भूकम्प आउने डरले घर छोडेर धमाधम त्रिपालमुनि बास बस्न बाध्य भएका छन्।

मंगलबार बझाङमा गएको भूकम्पले बाजुरामा पनि क्षति पुगेको छ। भूकम्पले घर चर्किने र भत्केपछि अहिले यहाँका स्थानीय घर भत्कने डरले त्रिपालमुनिको बास बस्न थालेका छन्।

खप्तड छेडेदह गाउँपालिका–२, पिपल गाउँका स्थानीय पदम बुढाले भूकम्पको डरले त्रिपालमुनिको बास बस्न थालेको बताए।

उनले भने,’भूकम्पले घर चिराचिरा गरेकाले फेरि कति बेला भूकम्प आएर चेप्छ कि भन्ने डरले अहिले घर छाडेर त्रिपालमुनिको बास बस्दै आएका छौँ।’

भूकम्पले एक हजार ४११ घर पूर्णरूपमा भत्किएका छन्। चार हजार ७३७ घर आंशिक रूपमा क्षति भएको जिल्ला रेडक्रस  शाखाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला रेडक्रस शाखाको संयुक्त रूपमा खटिएको टोलीले भूकम्प प्रभावित क्षेत्रमा गएर अनुगमन गर्दा एक हजार ४११ पूर्ण र चार हजार ७३७ आंशिक रूपमा क्षति भएको विवरण देखिएको बताए।

भूकम्पले खप्तड छेडेदह गाउँपालिकाका ८८९ घर पूर्ण र तीन हजार दुई घर आंशिक, बडीमालिका नगरपालिकाका ८३ पूर्ण २२० आंशिक, त्रिवेणी नगरपालिकाका १८५ पूर्ण ८०० आंशिक, बुढीगङ्गा नगरपालिका ६० पूर्ण १५० आंशिक, गौमूलमा १६९ पूर्ण ३५५ आंशिक, बुढीनन्दा २५ पूर्ण र १२ घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भूकम्प प्रभावितहरूलाई अहिले तुरुन्तै कसरी व्यवस्था गर्न सकिन्छ भने उद्देश्यले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

गोरखापत्रबाट

प्रकाशित: १९ असोज २०८० ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =