एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजबाट

हिमाल प्रेस १९ असोज २०८० ७:०२
4
SHARES
एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजबाट

काठमाडौँ- नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको उपत्यका विशेष प्रदेश कमिटीका सदस्य महेन्द्र श्रेष्ठले बताए।

अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १२ बजे राष्ट्रिय सभागृहमा उद्घाटन गर्नेछन्। उद्घाटनअघि शान्तिबाटिकाबाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ।

कुल ३०४ प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्।

प्रकाशित: १९ असोज २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =