द्वन्द्वले युक्रेनमा डेढ खर्ब डलरको क्षति

हिमाल प्रेस १८ असोज २०८० १७:२४
4
SHARES
द्वन्द्वले युक्रेनमा डेढ खर्ब डलरको क्षति फाइल तस्बिर

किएभ- रुससँगकाे युद्धले युक्रेनमा गत सेप्टेम्बरसम्म युक्रेनको पूर्वाधारमा १ खर्ब ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स-युक्रेन समाचार समितिले उल्लेख गरेको छ।

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ। युद्धका कारण करिब १ लाख ६७ हजार २ सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी २ मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै ३ सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा ४ सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: १८ असोज २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =