एमाले उपत्यका विशेष प्रदेश अधिवेशनको तयारी पूरा

हिमाल प्रेस १८ असोज २०८० १५:३२
2
SHARE
एमाले उपत्यका विशेष प्रदेश अधिवेशनको तयारी पूरा

काठमाडौँ– नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबार काठमाडौँमा हुँदैछ। पूर्वनिर्धारित तालिकाअनुसार गैरभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो।

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनको तयारी पूरा भएको उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिए। उद्घाटनअघि शान्तिवाटिकाबाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ।
कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्। अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ध्याल गरेर व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्ने बताए।

प्रकाशित: १८ असोज २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =