एमाले गण्डकीमा आज मतदान, दुई प्यानलका दुई उम्मेदवारबीच प्रतिस्पर्धा

हिमाल प्रेस १८ असोज २०८० ७:५४
2
SHARE
एमाले गण्डकीमा आज मतदान, दुई प्यानलका दुई उम्मेदवारबीच प्रतिस्पर्धा एमाले गण्डकी प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएपछि अंकमाल गर्दै मायानाथ अधिकारी (ढाका टोपीमा) र नवराज शर्मा। तस्बिर : हिमाल प्रेस

काठमाडौँ। नेकपा एमाले गण्डकी प्रदेश नेतृत्व चयनका लागि आज मतदान हुुँदैछ।

सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि दुई समूहबीच गुटगत उम्मेदवारी परेको छ।

अधिवेशनमा १६५ पदका लागि ३ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २७ जना निर्विरोध निर्वाचित भएका छ। तर, अझै नेताहरुले सहमतीको प्रयास जारी राखेको हुनाले कतिबेलाबाट निर्वाचन सुरु हुने भन्नेबारेमा अझै टुंगो लागेको छैन्।

यद्यपि, बिहान १० बजेदेखि निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन मण्डलले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले आज कुनै पनि हालतमा सकिने दाबी गरेका छन्।

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको हो।​

उपमहासचिव गुरुङ पक्षबाट अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ र सचिवमा धनञ्जय दवाडीले उम्मेदवारी दिएका छन्। उपसचिवमा दानबहादुर विक र उपसचिव महिलातर्फ मञ्जु अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै अधिकारी पक्षबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक र सचिवमा रश्मी आचार्य उम्मेदवार बनेका छन्। उपसचिवमा सन्तोष राहुल र महिला उपसचिवमा मीना गुरुङले उम्मेदवारी दिएका छन्।

अधिवेशन असोज १५ र १६ गतेका लागि तोकिएकामा नेतृत्व चयनमा सहमति नभएपछि लम्बिएको हो। अधिवेशनमा ९०७ जना प्रतिनिधि छन्।

प्रकाशित: १८ असोज २०८० ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =