प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १८ असोज २०८० ७:०९
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा सभामुख घिमिरेले पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: १८ असोज २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =