विपद् जोखिम व्यवस्थापन समितिको बैठक बस्दै

हिमाल प्रेस १८ असोज २०८० ६:४५
2
SHARE
विपद् जोखिम व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित विपद् व्यवस्थापन प्राधिकरणमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएका हुन्।

बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए ।

बझाङ केन्द्रबिन्दु भएर ​मंगलबार अपराह्न २ बजेर ४० मिनेटमा ५।३ र ३ बनेर ६ मिनेटमा ६।३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सर्वसाधारणका घर, विद्यालयलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

प्रकाशित: १८ असोज २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =