डीभी खुल्यो, बुधबारदेखि नै भर्न सकिने

हिमाल प्रेस १७ असोज २०८० १९:१७
8
SHARES
डीभी खुल्यो, बुधबारदेखि नै भर्न सकिने

काठमाडौँ- अमेरिकाले सन् २०२५ का लागि डाइभर्सिटी भिसा (डीभी) खुला गरेको छ। नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि डीभी भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

दूतावासले प्रत्येक व्यक्तिले एकपटकमात्रै डीभी भर्न पाउने जानकारी दिएको छ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाइ छ।

प्रकाशित: १७ असोज २०८० १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =